५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

असार ५, २०७९ मा प्रकाशित | 466 views

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको छ ।

नाम्खा गाउँपालिका–४ याल्वाङमा रहेको विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुसार सुरुमा एक विद्यार्थीमा देखिएको समस्या अरू विद्यार्थीमा सरेको छ । ती विद्यार्थीको अनुहार, शरीर र पाखुरामा फोका आएका छन् ।

उपचार र परीक्षणका लागि नमुना सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । परीक्षणपछि रोगबारेमा आधिकारिक पुष्टि हुनेछ । सङक्रमण देखिएका विद्यार्थीलाई आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web