बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत

असार ३, २०७९ मा प्रकाशित | 372 views

काठमाडौँ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज शुक्रवार आयोजना गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताउनुभयो ।

सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर बायोएनटेक खोप लगाउन थालेको हो । विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उहाँले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिनुभयो ।

उहाँले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको बताउनुभयो । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web