‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९’ स्वीकृत

जेष्ठ ३०, २०७९ मा प्रकाशित | 436 views

काठमाडौँ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९’ स्वीकृत भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज साेमवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३ औँ बैठकले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो ।

बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड टोली’ गठन गरेको छ । टाेलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभागका प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web