प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार

जेष्ठ २८, २०७९ मा प्रकाशित | 464 views

काठमाडौँ । विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web