देशका धेरै ठाउँमा मौसम सफा, दिउँसोपख पानी पर्ने सम्भावना

जेष्ठ २८, २०७९ मा प्रकाशित | 483 views

काठमाडौँ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । अहिले बिहान मौसम सफा रहे पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो प्रदेश १, गण्डकी, मधेस र बाग्मती प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजको मौसम आंशिक बदली रहनेछ ।

अहिले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायुकै प्रभाव रहेको महाशाखाकी मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web