सडक भासिएको ठाउँमा दुई जना पुरुषको शव भेटियो

जेष्ठ २७, २०७९ मा प्रकाशित | 442 views

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको ठाउँभन्दा तल दुई जनाको शव भेटिएको छ ।

मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको र मृतक दुवैको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । त्यहाँ कार र मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले अन्य व्यक्ति पनि हुनसक्ने आशङ्कामा पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजीकार्य गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web