श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने नियम हट्यो

जेष्ठ २६, २०७९ मा प्रकाशित | 500 views

काठमाडौँ । श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय भाेलि शुक्रवारदेखि निष्क्रिय हुने आज बिहीवार जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो ।

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वासप्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ ।

मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web