स्रोत नखुलेको झन्डै ४ करोड रुपैयाँसहित ५ जना पक्राउ

जेष्ठ २५, २०७९ मा प्रकाशित | 467 views

काठमाडौँ । स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् ।

नुवाकोटबाट काठमाण्डाै आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्ने नेपालीमा गाडीका चालक नुवाकोट विदुर नगरपालिका ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ रहेका छन् । अरू चार जना चिनियाँ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web