इम्बोस्ड नम्बर प्लेटविरुद्ध युवासंघको प्रदर्शन

जेष्ठ २४, २०७९ मा प्रकाशित | 390 views

काठमाडौँ । सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडि पुगेका छन् ।

सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ ।

यता, यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web