सुनको भाउ ६ सय रुपैयाँले घट्यो

जेष्ठ २४, २०७९ मा प्रकाशित | 589 views

काठमाडौँ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकाे महासङ्घले जनाएकाे छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web