काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै मतदाता नामावली संकलन गर्ने भएको छ ।
आगामी असार १ गतेदेखि नामावली सङ्कलनको तयारी भएको आयोगले जनाएको हो । आयोगका अनुसार १८ वर्ष उमेर पुगेका, तर मतदाता नामावलीमा नाम नभएकाले आफू बसेकै जिल्लाबाट नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।
स्थायी ठेगाना भन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्ने जनाईएको छ ।
आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्ताभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । यसबीचमा मतदाता नामावलीमा देखिएका त्रुटि पनि सच्याइने आयोगले जनाएको छ ।
पालिका चुनावमा कतिपयको नाम नभएको, दोहोरो नाम भएको र मृत्युवरण गराइसकेका व्यक्तिहरुको समेत नाम रहेको भन्ने गुनासो आएकाले त्यसलाई पनि हटाउने आयोगले जनाएको छ । त्यस्ता गुनासालाई ध्यान दिँदै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने प्रयास भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको हो ।
गएको बैशाख ३० मा भएको पालिका चुनावअघि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता भएको छ ।
22.12¡ÆC