म्यागङले १२ कक्षा उत्तिर्ण र २० बर्ष पुरा गरि छोरीको विवाह गर्ने परिवारलाई सम्मान गर्ने

जेष्ठ २३, २०७९ मा प्रकाशित
Published at 2022-06-06

181 views

बिदुर । नुवाकोटको एउटा स्थानीय तहले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रबृत्तीलाई निरुत्साहन गर्न महत्वपूर्ण निर्णय गरेको छ । शनिवार बसेको म्यागङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले छोरीलाई २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाई स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यो निर्णयले गाउँपालिकाको मानव विकास सुचकाँकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको बिश्वास रहेको छ । यसैगरी कार्यपालिका बैठकले आर्थिक बर्ष २०७९÷०८० को बैठकबाट कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सिङ्दनले जानकारी दिए ।
यस्तै, कार्यपालिका बैठकले स्थानीय सरकार संचालन ऐन ,२०७४ अनुसार बिभिन्न समितिहरु समेत गठन गरेको छ । अध्यक्ष आशा तामाङको सयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपाध्यक्ष सीता तामाङको संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानीय राजश्व परामर्श समिति र अनुगमन तथा सुपेरीवेक्षण समिति, कार्यपालिका सदस्य हरिकुमार तामाङको संयोजकत्वमा आर्थिम बिकास समिति र कार्यपालिका सदस्य हरिबहादुर तामाङको संयोजकत्वमा सामाजिक बिकास समिति गठन गरिएको छ ।

यस्तै, कार्यपालिका सदस्य जितबहादुर तामाङको संयोजकत्वमा पूर्बाधार बिकास, जीमाबहादुर तामाङको संयोजकत्वमा वन वातावरण तथा वीपद ब्यवस्थापन, सिंगराम घलेको संयोजकत्वमा सुशासन तथा संस्थागत बिकास र सन्दविर तामाङको संयोजकत्वमा बिधेयक समिति गठन गरिएको समेत गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.