२४ घण्टामा २६ जनामा कोरोना पुष्टि

जेष्ठ २०, २०७९ मा प्रकाशित | 422 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ११ जना रहेको छ ।

यही अवधिमा ८२ हजार चार सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web