रसुवाको कुन पालिकालाई कति बजेट? बढी नौकुण्ड,कम आमाछोदिङ्मोलाई

जेष्ठ १८, २०७९ मा प्रकाशित | 268 views

रसुवा । रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ७९ करोड २ लाख अनुदान बजेट विनियोजन भएको छ । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।

पाँच गाउँपालिकामा सबैभन्दा बढी यो बर्ष नौकुण्डले पाएको छ भने सबै भन्दा कममा यो बर्ष आमाछोदिङ्मोले पाएको छ । नौकुण्ड गाउँपालिकालाई रु २४ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ । उत्तरगया गाउँपालिकालाई रु २३ करोड ३४ लाख, कालिका गाउँपालिकालाई रु २१ करोड ११ लाख, गोसाइकुण्ड गाउँपालिकाको लागि रु २१ करोड ५ लाख बजेट विनियोजन भएको छ । यस्तै आमाछोदिङ्मो गाउँपालिकालाई रु १७ करोड ७३ लाख विनियोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web