कोरोना सङ्क्रमितको सङ्ख्या सय जनाभन्दा तल झर्‍यो

जेष्ठ १७, २०७९ मा प्रकाशित | 509 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितकोे सङ्ख्या ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ४७ जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web