त्रिशूली । काठमाडौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाह उपत्यकाको फोहर व्यवस्थापन हुदै आएको नुवाकोटको ओखरपौवा स्थित ल्याण्डफिल क्षेत्रको अवलोकन तथा स्थानीयबासीको गुनासो सुन्न आउनुभएको छ ।
मेयरमा निर्वाचित घोषणा भएकै दिन शुक्रबार साँझ साढे ६ बजेतिर बालेन्द्र शाह ओखरपौवाको सिसडोल आएर फोहर व्यवस्थापन भइरहेको स्थानको अवलोकन पश्चात स्थानीयबासीको सुझाब र गुनासो सुन्नुभएको हो । उपत्यकाको फोहर व्यवस्थापन बैज्ञानिक रुपमा हुनुपर्ने अर्थात व्यवस्थित रुपमा हुनुपर्ने माग गर्दै अहिले फोहोर बिसर्जनको काम पछिल्लो एक सातादेखि अबरुद्ध भइरहेको समयमा महानगरपालिकाको मेयर बालेन्द्र शाह त्यससम्बन्धि समस्याको जानकारी लिन तथा आफ्नो कार्यकालमा सबैभन्दा पहिलो प्रथामिकता उपत्यकाको फोहर व्यबस्थापनलाई दिदै नुवाकोटको ओखरपौवा आउनुभएको हो ।
उहाँलाई स्थानीयबासीले फोहर व्यस्थापनमा भइरहेको काम लापरबाही भएको र त्यससगैँ उत्पन्न भएका अन्य समस्याको समेत समाधानको लागी महानगरपालिकाले जनाएको प्रतिबद्धता पूरा नभएको भन्दै अबको दिनमा आफ्नो माग पूरा गर्नको लागी भूमिका निर्वाह गर्नको लागी आग्रह गरेका छन् । गएको बैशाख १० गते देखि उपत्यकको फोहर बिसर्जनको समस्या उत्पन्न भएसगैँ महानगरपालिकाले सुरक्षाकर्मी लगाएर बिसर्जनको कोसिस गर्दै आएको छ भने स्थानीयबासीले सडक अबरोध बनाई टायर बाल्ने, ढुङ्गा र तगारोको अबरोध बनाउदै आइरहेका छन् ।
मेयर बालेन्द्र शाहलाई स्थानीयबासीको तर्फबाट संघर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले आफूहरु फोहर बिसर्जन गर्न दिनको लागी बिरोधी नभएको तर, व्यबस्थापन बैज्ञानिक हुुनुपर्ने र फोहर व्यवस्थापनसगैँ अहिलेको उत्पन्न भएको प्रभावित क्षेत्रको जग्गा अधिग्रहण र सडक संरचना तथा थप सहयोगको प्रतिबद्धता पूरा गर्नको लागी वेवास्था गरेको भन्दै आफूहरु बिरोधमा उत्रन बाध्य भएकाले उत्पन्न समस्याको समाधानको लागी पहल गरिदिनको लागी नवनिर्वाचित मेयर बालेन्द्र शाह समक्ष गुनासो राख्नुभएको छ ।

जवाफमा उहाँले काठमाडौ महानगरपालिकाको फोहर व्यवस्थापनको अहिले भइरहेको काम प्रभावकारी नभएकाले आफ्नो कार्यकालमा यसलाई नै प्रथामिकता दिएर यसबाट उल्टै आर्थिक उपार्जन समेत हुने गरेर काम अघि बढाउन सोचाईमा रहेको बताउनुभएको छ ।

ताजा समाचारहरू