हवाई भाडा फेरि बढ्यो, काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय रुपैयाँ

जेष्ठ ९, २०७९ मा प्रकाशित | 476 views

काठमाडौँ । हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् ।

आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।

नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नाै हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web