चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न आयोगको निर्देशन

बैशाख २४, २०७९ मा प्रकाशित | 398 views

काठमाडौँ । निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा बोकेर मतदातालाई भ्रमित नपार्न आग्रह गरेको छ ।

प्रचार प्रसारको क्रममा एउटा उम्मेदवारले अर्कै दलको झण्डा र चिन्ह प्रयोग गरेमा मतदातालाई भ्रम सिर्जना हुने भएकाले यस्ता क्रियाकलापलाई आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही तथा सजाय हुने आयोगले चेतावनी दिएको छ । अहिले दलहरुले चुनावी गठबन्धनको नाममा फरक दलको झण्डा प्रयोग गरेका छन् भने दलबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र उम्मेदवारको मान्यता पाएका उम्मेदवारले पनि पार्टीकै झण्डा प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web