पत्रकार प्रकाशकुमार अधिकारी महासंघको अन्तरास्ट्रिय सम्बन्ध विभागको सदस्यमा चयन

बैशाख ८, २०७९ मा प्रकाशित
Published at 2022-04-21

664 views

त्रिशूली । नेपाल पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष तथा रेडियो चिम्टेश्वरका अध्यक्ष प्रकाशकुमार अधिकारी नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको अन्तरास्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनित हुनुभएको छ ।
पत्रकार प्रकाशकुमार अधिकारीलाई मनोनित गरिएको जानकारी सहितको जिम्मेवारी पत्र नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले माघ २४ को मितिमा गरिएको पत्राचारको जानकारी बिहीबार प्राप्त भएको हो । उहाँलाई दिइएको जिम्मेवारीमा ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिसंग समन्वय गरेर आफ्नो कार्यविधि निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा तपाईबाट सक्दो सहयोग हुनेमा महासंघ विश्वस्त छ ।” भनिएको छ ।


नुवाकोटको पत्रकारिता क्षेत्रका पहिलो पुस्ता तथा लामो सयमसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा योगदान पु-याउनुभएका प्रकाशकुमार अधिकारीले कान्तिपुर दैनिक लगायतमा कार्यरत रहनुभएको थियो । उहाँको नेतृत्व (अध्यक्ष)मा अहिले नुवाकोटबाट रेडियो चिम्टेश्वर सञ्चालनमा रहेको छ भने उहाँकै परिकल्पनामा ककनीबाट रेडियो बागमति सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.