१२ जनामा कोरोना सङ्क्रमण

चैत्र २५, २०७८ मा प्रकाशित | 446 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा ६ सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web