ट्राफिक नियम उल्लंघन गर्ने ९०६ लाई कारबाही

चैत्र ३, २०७८ मा प्रकाशित | 321 views

काठमाडौँ । होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जना कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरिएको हो । उनीहरूमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

होलीमा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि निगरानी गरेको थियो । त्यसका लागि काठमाडौंमा एक हजार ३०० ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web