कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि

चैत्र ३, २०७८ मा प्रकाशित | 655 views

काठमाडौँ । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो ।

भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।

यस वर्ष झन्डै चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web