काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा अवरोध कायमै

फाल्गुन २८, २०७८ मा प्रकाशित | 332 views

काठमाडौँ । काठमाण्डाै उपत्यकाको फोहर विसर्जनमा अवरोध कायमै छ ।

मन्त्रिपरिषद् बैठकले नुवाकोटको सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि माग सम्बोधन नभएको भन्दै स्थानीय बासिन्दाले फोहर विसर्जनमा अवरोध गरेका छन् ।

गएको २३ गतेदेखि सुरु भएको स्थानीय बासिन्दाको विरोधका कारण आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइटमा जान सकेका छैनन् ।

प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाका अनुसार उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग स्थानीय बासिन्दाको छ ।

यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web