बेलकोटगढीमा वडा तथा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध

फाल्गुन २५, २०७८ मा प्रकाशित | 1129 views

बाघखोर । बेलकोटगढी नगरपालिकाले लक्षित वर्गलाई प्रत्येक वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालिएको छ । बेलकोटगढी नगरपालिकाको वडा नं ८ जिलिङमा आज सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरिएको कार्यक्रममा नगरप्रमुख राजेन्द्ररमण खनाल आफै उपस्थित भएर सरल, सहज र प्रभावकारी बनाउनको लागी खटिनुभएको छ ।
बेलकोटगढी नगरपािलकाले जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका ब्यक्ति लगायत लक्षित वर्गलाई पायक पर्ने स्थान र कानूनले निर्दिष्ट गरेर अनुसार सरल हुने गरेर सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागी आवश्यक व्यावस्थापन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले मिलाउनुभएको छ ।

May be an image of 1 person, standing and indoor

सोही अनुसार नगरप्रमुख राजेन्द्ररमण खनाल सहित जनप्रतिनिधिको टोली अहिले सामाजिक सुरक्षा भत्ता बापत राज्यबाट उपलब्ध रकम वितरणलाई सरल बनाउन खटिनुभएको हो ।
अहिलेसम्म नगरपालिकाले वडा नं २ मा १३७ जना, वडा नं ४ मा ३० जना, वडा नं ५ मा १५८ जना, वडा नं ६ मा ११० जना, वडा नं ७ मा १२० जना र वडा नं १२ मा १३० जना गरेर ६८५ अर्थात करीब सातसय जनालाई पुस मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइसकेको छ ।
बैंकमा नै पुगेर रकम निकाल्न कठिनाई हुने अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्ति, अस्वस्थ नागरिकहरुको लागी वडा कार्यालय मार्फत उनीहरुको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएसगैँ यसअघिको समयमा समस्या भोग्दै आएकाहरु अहिले खुसी एंव सन्तुष्टि देखिएका छन् ।

May be an image of 1 person, sitting and outdoors

 

केन्द्रीय सरकारको निर्देशन अनुसार सामाजिक सुरक्षा भत्तालाई बैंकिक प्रणाली मार्फत मात्रै वितरण गर्न दिएको निर्देशन अनुसार गएको वर्षसम्म भत्ता रकम उपलब्ध गराउन निर्धारित समय भन्दा ढिलो हुन पुगेको र बैंकमा एकै पटक धेरै लाभग्राहीले खाता खोल्नुपर्ने बाध्यताले भएको कठिनाईबाट प्राप्त भएको गुनासो तथा सुझाब अनुसा रअहिले भने प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित नगरपालिकाको नगरप्रमुख र उपप्रमुखहरु वडाहुदै टोल–टोलमा नै खटिरहनुभएको छ ।

May be an image of 2 people, people sitting and people standing

जनप्रतिनिधिहरुलाई राजनीतिक दलका प्रतिनिधिहरुले पनि सहयोग पुराउदै आइरहेका छन् । जस अन्तरगत नेकपा एमाले नुवाकोटका सचिव सुदर्शन नेपाल सहित एमाले नगरकमिटीको पदाधिकारीले स्वंयमसेवकको रुपमा जानकारी दिने देखि समस्या समाधानको लागी सहजिकरण गर्दै आइरहेको छ ।

राज्य पुर्नसंरचना पछि सेवा प्रवाहलाई सोही अनुसार कार्यान्वयनमा ल्याउनको लागी केही समय अफ्ठ्यारो भएपनि क्रमशः अनुभव हासिल गर्दै तथा जनताको सुझाब अनुसार आफूहरु जनतालाई सरल हुने गरेर सेवा उपलब्ध गराउदै आएको बेलकोटगढी नगरपािलकाका नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।

May be an image of 1 person and standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web