कर्मचारी युनियनमा नुवाकोटबाट एकजना केन्द्र र दुईजना प्रदेशमा निर्वाचित

फाल्गुन २५, २०७८ मा प्रकाशित | 377 views

त्रिशूली । नेपाल निजामति कर्मचारी युनियन (संघ)को निर्वाचनमा नुवाकोटबाट प्रतिनिधित्व गरेर एक जना केन्द्रीय कार्यसमिति र दुई जना प्रदेश कार्य समितिमा बिजयी हुनुभएको छ । केन्द्रिय खुल्ला सदस्यमा नुवाकोटको शिवपुरी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्रप्रसाद भट्ट बिजयी हुनुभएको हो ।

No photo description available.

केन्द्रीय सदस्यमा निर्वाचित ज्ञानेन्द्रप्रसाद भट्ट।

यसैगरी, बागमती प्रदेश उपाध्यक्षमा नारायण श्रेष्ठ र बागमती प्रदेस सदस्यमा धनमाया तामाङ विजय हुनुभएको नेपाल निजामति कर्मचारी युनियन (संघ)को नुवाकोट अध्यक्ष निलमकुमार भुसालले जानकारी दिनुभएको छ ।

No photo description available.

बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित नारायण श्रेष्ठ ।

नुवाकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यसमितिमा मतदान मार्फत भएको परिणाममा समेत बिजयी हासिल गर्दै तथा प्रदेशमा पनि एक जना उपाध्यक्ष सहित दुई जना कार्यसमितिमा समावेश हुनुलाई नुवाकोटको प्रतिनिधित्व निकै मजबुद देखिएको छ ।

यसैबीच, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामति कर्मचारी युनियन (संघ)को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा भएको युनियनको आठौं राष्ट्रिय महाधिवेशनबाट पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेलले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र अधिकारीलाई ८७ मतले पराजित गरेका छन् । अधिकारी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल र खुल्ला उपाध्यक्षमा यज्ञबहादुर ओली निर्वाचित गरेको छ ।

त्यस्तै, उपाध्यक्षहरूमा १ नं. प्रदेशबाट मान बहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, वाग्मती प्रदेशबाट श्रीराम लम्साल, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवा, संघीय उपाध्यक्ष तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोक कुमार रौनियार, पिछडिएको क्षेत्रबाट उपाध्यक्ष कृष्णबहादुर सेजुवाल र श्रेणी विहीन उपाध्यक्षमा सोमनाथ कोईराला निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा जनकबहादुर रावल, उपमहासचिवमा इन्दु शर्मा, गणेश भण्डारी, खुल्ला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल, युवा सचिवमा भूपेन्द्र अधिकारी, जनजाती सचिवमा शान्त राज राई, मधेसी सचिवमा चिन्तन अचार्य र कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् ।

महाधिवेशनले २९ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनमा जम्मा ६३३ जना प्रतिनिधि सहभागी थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web