पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

फाल्गुन २२, २०७८ मा प्रकाशित | 363 views

काठमाडौँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।

गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको भोलिदेखि अदालतमा बयान सुरु हुनेछ ।

पल शाह गएकाे फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए । यसअघि शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web