६८ जनामा कोरोना पुष्टि, ५ सय ३८ जना निको

फाल्गुन २२, २०७८ मा प्रकाशित | 688 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८८ हजार पाँच सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web