साहित्यकार बी के पाल्पालीको निधन

फाल्गुन १८, २०७८ मा प्रकाशित | 896 views

काठमाडौँ । साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।

धेरैजसो हाइकु लेखनमा सक्रिय उहाँ साहित्यसँगै पत्रकारिता पनि गर्नुहुन्थ्यो । उहाँ कानुन व्यवसायी समेत हुनुहुन्थ्यो । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उहाँले मिर्गौलाको उपचार गराउँदै आउनु भएको थियो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँकी श्रीमती रेणुका भट्टराई पनि साहित्यकार हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web