
काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बजारमा स्वीकृतिबिना बजारमा पठाइएका अवैध क्यालेन्डरमाथि छानबिन सुरु गरेको छ । समितिले बजारमा आएका अवैध क्यालेन्डर जफत गरी कारबाही प्रक्रिया अघि बढाउन गठित अनुगमन समितिले अनुगमनको काम अघि बढाएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
समितिले बजारमा आएका अवैध क्यालेन्डर जफत गरी कारबाही गर्न वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो । जसमा पञ्चांगकार मुरारीराज पाण्डे र समितिका प्रशासन सहायक खिलहरि घिमिरे सदस्य छन् ।