दल दर्ता गर्ने समय भोलिदेखि फागुन १५ गतेसम्म

फाल्गुन ४, २०७८ मा प्रकाशित
Published at 2022-02-16

173 views

काठमाडौँ । निर्वाचन आयोगले २०७९ सालको ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ ।

आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने पनि उहाँले बताउनुभयो ।

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् ।

गएकाे माघ २४ गतेकाे मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.