आज फागुन ४ गते नेपाल बन्द, एमसिसी खारेज गर्नुपर्ने माग

फाल्गुन ४, २०७८ मा प्रकाशित | 586 views

आज फागुन ४ गते नेपाल बन्द, एमसिसी खारेज गर्नुपर्ने माग

त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी बिप्लब लगायतका विभिन्न पाच पाटी र एक मोर्चा सहितले आज नेपाल बन्दको आह्वान गरेको छ ।
अमेरिकी अनुदानको कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पास गर्नको लागी आज संसद्को कार्यसूचीमा पेश गर्न लागिएको भन्दै बिरोधमा नेपाल बन्दको आयोजना गरिएको पाच पाटी र एक मोर्चाले सयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको लगानी रहेको एसिसी नेपालमा कार्यान्वयन गर्न नहुने भन्दै त्यसको बिरोधमा आज नेपाल बन्दको आयोजना गरिएको उल्लेख गरिएको छ ।
विभिन्न पाच पाटी र एक मोर्चाको बन्दलाई नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह लगायतले सिमर्थन जनाउदै बन्द सफल बनाउन अपिल गरेका छन् ।
एसिसी सम्झौताको बिरोधमा रहेका विभिन्न पाटी तथा सचेत नागरिकलाई पनि आज आयोजना गरेको नेपाल बन्दलाई सफल बनाउनको लागी सहयोग पुराउन बिज्ञप्तीमा आह्वान गरिएको छ । बन्दमा अत्यावश्यक बाहेक सबै सेवा तथा क्षेत्र बन्द हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web