कालिका माविमा एक लाख १० हजारको अक्षयकोष स्थापना

फाल्गुन ३, २०७८ मा प्रकाशित | 948 views

त्रिशूली । कोरोना रोगको सक्रमणको कारण अल्पायुमै ज्यान गुमाउनुभएका सूर्यगढी गाँउपालिका वडा नं. ४ हल्देकालिकाको गिता नेपालीको नाममा एक लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
४२ वर्षको उमेरमा नै कोरोना रोगको सक्रमणको कारण गएको बैशाख ११ गते ज्यान गुमाउनुभएका नुवाकोट हल्देकालिका निवासी गिता नेपालीको नाममा उहाँको श्रीमान अम्बरबहादुर नेपालीले कालिका माध्यमिक विद्यालयमा एक लाख १० हजार रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको हो ।

May be an image of 6 people, people sitting, people standing, tree and outdoors
सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गिता नेपालीको अधुरो सपना पूरा गर्नको लागी “गिता नेपाली स्मृति अक्षय कोष” स्थापना गरेर कोषमा राखिएको एक लाख १० हजार रुपैयाँबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीरुलाई विद्यालय पोशाक, स्टेशनरी लगाएका शैक्षिक छात्रवृत्ति वितरण गर्नेगरि कोष स्थापना गरिएको विद्यालयका सहायक प्रअ रामकृष्ण गिरीले जानकारी दिनुभयो । उहाँको अनुसार कोषमा राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट आर्थिक अबस्था कमजोर भएका तथा विपन्न र पछिपरेका समुदायका बालबालिकालाई प्रदान गरिएको छात्रबृत्तिले उनीहरुको अध्ययनप्रतिको रुची बढाउन र मनोबल उच्च बनाउन सहयोग पुराउने उदेष्य राखिएको छ ।

 

समाजसेवी अम्बरबहादुर नेपाली

अहिले स्थापना गरिएको कोषमा एकलाख १० हजार रुपैयाँ राखिएको छ । आगामी दिनमा यसलाई बृद्धि गर्दै लैजाने योजना रहेको स्वर्गिय गिता नेपालीको श्रीमान अम्बरबहादुर नेपालीले जानकारी दिनुभयो ।
नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं. ४ हल्देकालिका निवासी स्वर्गिय गिता नेपाली सामाजिक अभियन्ता तथा पछिपरेका समुदायको पुर्नरुत्थानको लागी सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकाले उहाँको अधुरा रहेका सपना पूरा गर्नको लागी स्थापना गरिएको हो । उक्त कोष मार्फत विपन्न, जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका बालबािलकाहरुको शैक्षिक सुधार केही गर्न सकिने विश्वास लिइएको स्वर्गिय गिता नेपालीको श्रीमान अम्बरबहादुर नेपालीले बताउनुभयो ।

स्वर्गिय गिता नेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web