पूर्वएसपी नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

माघ २८, २०७८ मा प्रकाशित
Published at 2022-02-11

350 views

काठमाडौँ । नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपाली सम्मानित भएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् ।

प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तरवार्ता तालिमको सुरुवात गरेर प्रहरी प्रशिक्षणमा विशेष योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

पूर्वएसपी नेपालीले १७ वर्ष प्रहरी प्रतिष्ठानमा काम गरेका छन् । उनी घटनास्थलमा गएर अनुसन्धान गर्ने अधिकृत उत्पादन गर्ने तालिमको विज्ञ मानिन्छन् । सोही अवसरमा आईजीपी क्षत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जद्वारा प्रकाशित ‘प्रेरणा-२०७८’ को लोकार्पण पनि गरे ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए ।

नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरू निर्माण गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.