संस्कृतिविद् जोशी अस्पताल भर्ना

माघ २५, २०७८ मा प्रकाशित | 487 views

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् ।

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए ।

प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।

कोरोना भए/नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web