आगलागी परी दुई वृद्धाको मृत्यु

माघ २५, २०७८ मा प्रकाशित | 323 views

काठमाडौँ । छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको जनाएको हो ।

क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्ञानमाया राईको ज्यान गएको इलाका प्रहरी कार्यालय थपरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web