८ लाख मात्रा एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

माघ २४, २०७८ मा प्रकाशित | 425 views

काठमाडौँ । बेलायतले नेपाललाई दिने २१ लाख मात्रा कोरोनाविरुद्धको खोपमध्ये आठ लाख मात्रा आज साेमवार काठमाण्डौ आइपुगेको छ ।

कतार एअरलाइन्समार्फत आठ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिनुभएको छ । बाँकी १३ लाख मात्रा खोप छिटै आइपुग्ने पनि उहाँले बताउनुभएको छ ।

नेपाललाई खोप सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । बेलायतले नेपाललाई कोभ्याक्स सुविधामार्फत खोप दिएको हो ।

नेपालमा खोप महत्त्वपूर्ण भएको र खोपको सकारात्मक नतिजा देखिएकाले बेलायतले नेपाललाई सहयोग गरिरहने पनि राजदूत पोलिटले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web