उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने

माघ २४, २०७८ मा प्रकाशित | 695 views

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।

अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web