मकवानपुर । प्रहरीले ११० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउपालिका-५ का ३६ वर्षीय रामकुमार प्रजा रहेका छन् ।
मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। अन्य भने फरार भएका छन् ।
पक्राउ परेका उनीमाथि लागू औषध कसूरमा कारबाही गर्ने र फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
26.83¡ÆC