आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि सर्यो

माघ १६, २०७८ मा प्रकाशित
Published at 2022-01-30

243 views

काठमाडौ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।
महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.