सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको मृत्यु

माघ १४, २०७८ मा प्रकाशित
Published at 2022-01-28

202 views

काठमाडौँ । जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गएको छ ।

सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ ।

घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाकाे दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.