चितवनमा नालीमा खसेर गैँडा मर्‍यो

माघ ९, २०७८ मा प्रकाशित | 481 views

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा खसेर परेर एउटा गैँडा मरेको छ ।

आज आइतवार दिउँसो साढे ३ बजेतिर गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुई वटा चोररसिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web