
हल्देकालिका । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं.४ हल्देकालिकामा रहेको कालिका माध्यमिक विद्यालयबाट अध्ययन सम्पन्न गरिसकेका ‘पूर्वविद्यार्थीहरु’ले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएका छन् ।
विद्यालयबाट अध्ययन पूरा गरेर विद्यार्थीहरुको साझा सँस्था ‘पूर्व विद्यार्थी मञ्च’ मार्फत विद्यालयमा अध्ययरत रहेका ४०० जना विद्यार्थीलाइ शनिबार न्यानो कपडा स्वीटर एक समारोहको बीच हस्तान्तरण गरिएको हो ।
विद्यालय प्रशासन र पूर्वविद्यार्थी मञ्च बीच विद्यालय सुधारको पक्षमा आयोजित अन्तरक्रिया कार्यक्रमको अवसर बनाई विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको पूर्वविद्याथी मञ्चमा आबद्ध नेपाली काँग्रेसका युवा नेता सुबन गिरीले जानकारी दिनुभएको छ । उहाँको अनुसार विद्यालयका विद्यार्थीको क्षमता बृद्धि, उनीहरुको लागी छात्रबृत्ति प्रदान लगायतको लागी पूर्वविद्यार्थी मञ्चको तर्फकाट आवश्यक सहयोगको लागी छलफल गरिएको छ ।
न्यानो कपडा वितरण तथा अन्तरक्रियामा कोरोना रोगको जोखिमको बीच सुरक्षित रहदै वडा नं. ४ का वडाध्यक्ष रामकुमार गिरी, पूर्वविद्यार्थी मञ्चका संयोजक राजन गिरी सहित पूर्वविद्यार्थीहरु सुबन गिरी, पशुपति गिरी, तुकलाल गिरी, रामकुमार गिरी, तिर्थ गिरी, बिनोद गिरी लगायतका पूर्व विद्यार्थीहरु सहभागिता भएका थिए ।
यस्तै, विद्यालयको तर्फबाट प्रध्यानध्यापक सहित विद्यालयका शिक्षकहरु र व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।