नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप दिन सिफारिस

माघ १, २०७८ मा प्रकाशित
Published at 2022-01-15

32 views

काठमाडौँ । नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाइने भएको छ ।

सरकारी अधिकारीले नै यो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेका हुन्।

नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । त्यहाँका स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलकाअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन ।

निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका देशमा जाने बालबालिकालाई खोप नलगाउन सुझाव दिइएको बताउनु भएको छ ।

नर्वेका धेरैजसो नागरिकले खोपको दुवै मात्रा लगाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.