त्रिशूली । नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं. ५ भदु्रटारमा रहेको कुण्डला माध्यामिक विद्यालयका दुई जना विद्यार्थी र सात जन शिक्षकलाई कोरोना सक्रमण देखिएको छ ।
परीक्षा सञ्चालन भइरहेको समयमा शिक्षक र विद्यार्थीम लक्षण सहितको समस्या देखिएसगैँ गरिएका जाँचमा दुई जना विद्यार्थी र ७ जना शिक्षकमा कोरोना देखिएको हो । लक्षण सहितको स्वास्थ्यमा समस्या भएका १६ जनामा गरिएको परीक्षणमा ९ जनामा कोरोना सक्रमित देखिएको विद्यालयका लेखापाल धिरेन्द्र ठकुरीले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार शिक्षक र विद्यार्थीमा कोरोना देखिएको र केन्द्रीय सरकारले समेत माघ १५ सम्म विद्यालय बन्द गर्न भनेकाले अहिले विद्यालय बन्द गरिएको छ । सक्रमित भएकाहरुलाई घरकै एकान्तबासमा राखिको छ भने सक्रमितको सम्पर्कमा रहेकाहरुलाई पनि घरमै सुरक्षित बस्नको लागी अनुरोध गरिएको छ ।
16.89¡ÆC