लुम्बिनीमा माघ २ गते माघेसंक्रान्ति विदा

पुस ३०, २०७८ मा प्रकाशित
Published at 2022-01-14

49 views

बुटवल । माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यसअघिको सरकारले पनि माघी एवं माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिँदै आएको थियो । माघ १ गते शनिबार स्वतः विदा भएकाले आइतबार एक दिन विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.