भारतमा कोरोना स् २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

पुस २८, २०७८ मा प्रकाशित | 534 views

काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web