चीनबाट ११ लाख ८४ हजार मात्रा खोप आइपुग्यो

पुस २७, २०७८ 2022-01-11 मा प्रकाशित
Published at 2022-01-11

739 views

काठमाडौँ । चीनबाट झन्डै १२ लाख मात्रा कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा आज मङ्गलवार भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । यो खोप नियमित रूपमा १८ वर्षमाथि उमेर समूहकालाई लगाइने उहाँले बताउनुभयो ।

योसँगै नेपालले अहिलेसम्म भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसन लगायतका चार करोड तीन लाख ८७ हजार नाै सय २७ मात्रा खोप प्राप्त गरेको छ ।

पछिल्लो केही दिनदेखि नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्दो छ । विज्ञहरूले नयाँ सङ्क्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिइरहेका छन् । सरकारले आउँदाे माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त मात्रासमेत दिने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.