पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरणमा सार्वजनिक बिदा

पुस २६, २०७८ मा प्रकाशित | 370 views

त्रिशूली । पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले भोलि पुस २७ गते सार्वजनिक बिदा दिएको छ । यही पुस ९ गते बसेको दशौ नगरसभा विदुर नगरपालिकाको निर्णय अनुसार पुस २७ गते सार्वजनिक बिदा दिएको नगरपालिकाले हिजो जारी गरेको सूचनामा भनिएको छ ।
नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले हस्ताक्षर गरेको सूचना अनुसार पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसको रुपमा मनाइने भएकाले विदुर नगरपालिका सहित नगरभित्रका पालिका अन्तरगत रहेका वडाकार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने सँस्थाहरु, शैक्षिक सँस्थाहरुलाई समेत सार्वजनिक बिदा दिइएको छ ।

पुस २७ गते राष्ट्रियस्तरमा दिदै आएको सार्वजनिक बिदा भने कटौती गरिएको छ । पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसलाई बिदा दिन चौतर्फी माग उठेपनि यसलाई राजसँस्थालाई दिने सम्मान हुने भन्दै संकुचित सोच राखेर त्यसो गर्न नसकिने भन्दै मुख्य दलहरुकै सहमतिमा बिदा कटौती गरिएको हो ।
पृथ्वी जयन्तीको अवसरमा विदुर नगरपालिकाको विभिन्न स्थानमा राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ । नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाट स्थित पृथ्वी स्मारक, र पृथ्वीनारायण शाहको अन्तिम सँस्कार गरिएको स्थल तादी र त्रिशूलीको संगम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमको साथ पृथ्वी जयन्ती मनाउन आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web