त्रिशूली । नेपाल निजामति कर्मचारी युनियन नुवाकोटको अध्यक्षमा पुनः निलमकुमार भुसाल चयन हुनुभएको छ । यही पुस २१ गते बिदुरमा भएको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा यसअघि पनि अध्यक्ष रहुनभएका निलमकुमार भुसाल पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कार्यरत रहनुभएका उहाँलाई नुवाकोट जिल्लामा रहेका साधारण र क्रियाशिल गरेर ४९२ जना सरकारी कर्मचारी आबद्ध रहेको नेपाली काँग्रेसको शुभेच्छुक सँस्था नेपाल निजामति कर्मचारी युनियन नुवाकोटको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
यसैगरी, युनियनको उपाध्यक्षहरुमा टेकबहादुर अधिकारी, दुर्गादेवी अधिकारी र महेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । यस्तै, सचिवमा बासुदेव श्रेष्ठ, सहसचिवमा रामकुमार राई र कोषाध्यक्षमा राजु श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा वीरबहादुर तामाङ, बैकुण्ठ अधिकारी, गोपाल श्रेष्ठ, पूजा खतिवडा, सुरेश सिटौला, विष्णु खनाल, बिरोचन खनाल र निशा डंगोल चयन हुनुभएको छ । यस्तै, केन्द्रीय प्रतिनिधिमा महिला तर्फ सर्वसम्मत रुपमा धनमाया तामाङ चयन हुनुभएको छ भने निर्वाचन मार्फत गरिएको खुलातर्फ सुदिप छत्कुली, उत्तमराज खनाल, नारायण श्रेष्ठ र ज्ञानेन्द्र भट्ट चयन हुनुभएको छ ।
निर्वाचित जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधिलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका पूर्वसभापति धुव्र अधिकारी र नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एकनारायण काफ्लेले बिजयीको प्रमाणपत्र प्रदान गर्दै कार्यकाललाई सफल बनाउन शुभकामना दिनुभएको थियो ।

15.19¡ÆC