लैङ्गिक हिंसा, मानब वेचविखन र सुशासन सम्बन्धि तीन दिने सचेतना कार्यक्रम सम्पन्न

पुस २१, २०७८ मा प्रकाशित | 415 views

त्रिशूली । बागमति प्रदेश युवा परिषद्को कार्यालय हेटौडाको आयोजनामा नुवाकोटको सुर्यगढी गाँउपालिका वडा नं.५ मा गरिएको लैङ्गिक हिंसा, मानब वेचविखन र सुशासन सम्बन्धि तीन दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । यही पुस १९ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन भएको तीन दिने कार्यक्रममा लैङ्गिक हिंसा, महिला हिंसा, मानब वेचविखन, जातिय विभेद र सुशासनका बारेमा युवा तथा स्थानीय नागरिक सचेत गर्ने उद्धेश्यका साथ आयोजित कार्यक्रमको नेकपा एमाले केन्द्रिय सदस्य बिन्दा ढुंगानाले उद्घाटन गर्नु भएको यियो । ३८ जनाको सहभागिता रहेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी नायव निरीक्षक दिनेश शाह ,बिदुर नगरपालिकाका योजना अधिकृत पुष्कर शर्मा रिमाल र महिला अधिकारकर्मी गायत्री लामिछाने रिमाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

No description available.
सुर्यगढी गाउँपालिका वडा नं.५ का वडाअध्यक्ष भैरव अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्नु हुदै प्रदेश युवा परिषद् बागमती प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक वसन्त न्यौपानेले युवा परिषद् वागमती प्रदेशले लैङ्गिक हिंसा, मानब वेचविखन र सुशासनका क्षेत्रमा निरन्तर रुपमा अभियानहरु सञ्चालन हुने जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अथिति बिन्दा ढुंगानाले लैङ्गिक हिंसा अन्त्यका लागि सबैको पहल आवश्यक रहेको भन्दै समुदायस्तरको सचेतना अभियानले हिंसा अन्त्यका लागि सहयोग पुग्ने बताउँनुभयो ।

No description available.
यसअघि बागमति प्रदेश युवा परिषद्को कार्यालय हेटौडाको आयोजनामा गएको शुक्रवार र शनिबार दुई दिनसम्म नुवाकोटको बट्टारमा लागूपदार्थ दुर्व्यसन तथा विद्युतीय अपराध सम्वन्धि गतिविधिमा संलग्न हुनबाट जोगाउन सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web